Mantra
Mayametro Hospital

जीबीराई खोज्न गएको प्रहरी रित्तै फिर्ता

AD offer
JK

काठमाडौं: चर्चित सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु उर्फ जीबी राईलाई खोज्न गएको प्रहरी टोली रित्तै फिर्ता भएको छ। राईलाई नेपाल ल्याउन भन्दै गएको प्रहरीको खोजी टोली मलेसियाबाट फिर्ता आएको हो।

एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक एसपी र एक जना प्रहरी नायब निरीक्षक सई बुधबार काठमाडौं फर्किएको बताइएको छ।

Mantra

प्रहरी प्रधान कार्यालयका अनुसार मलेसियाबाट प्रहरीको टोली फिर्ता आएको हो। पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि राई फरार भएका थिए। त्यसपछि राई मलेसियामा रहेको प्रहरीले थाहा पाएको थियो।

mantra Hospital

त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर नेपालले प्रहरीले टोली पठाएको थियो। उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन।

पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली मलेसिया गएको थियो। तर टोली रित्तै आएको छ।

नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापण्डनमा अपार्टमेन्टमा बसेका छन्। १ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ।

सहकारी प्रकरणको मुद्दामा पहिले जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा चलाइएकामा पछि २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। हाल ६ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु पक्राउ पर्न सकेका छैनन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...