Mantra
Mayametro Hospital

कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने : गृहमन्त्री रमेश लेखक

AD offer
JK

झलारी: गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिनुभएको छ ।

mantra Hospital

“कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।” दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो । “दुई÷तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।”

 

Mantra

बिहिबार झलारीमा नेपाली कांग्रेस क्षेत्र नं. २ क्षेत्रिय कार्य समितिले आयोजना गरेको भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले विकास निर्माण, सुशासन, अर्थतन्त्रमा सिथिलता आयो, त्यसैको अन्त्यका लागि यो सरकार बनेको हो।’ भ्रष्टाचार नियन्त्रण, सरकारहरुलाई स्थीरता दिने, मुलकमा विकास निर्माण गति, दिगो विकास, सुशासन र विकास र समृद्धीका लागि हालको सरकार बनाइएको उनको भनाई छ। हालको सत्ता सहकार्यलाई २०८४ सम्मै लगिने उनले बताए। दुई ठूला दल मिल्दा आत्मबल, सकारात्मक बढ्दो रहेछ,’ उनले भने, ‘संक्रमण न्यायको कुरा १८ वर्षसम्म टुंग्याउन सकेका थिएनौं, ठूला दल मिलेको १ महिनाभित्रै शान्ति प्रक्रियाका बाँकी कार्यलाई पूरा गर्ने गरि कानून बनाउन सफल भयौं।’

भूमि आयोगलाई सरकारले चाडै पूर्णता दिने उनको भनाई छ। लागुऔषध नियन्त्रणका लागि विद्यालय स्तरमा सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने उनले बताए। ‘प्रत्येक पालिकाले लागुऔषध नियन्त्रणका लागि विद्यालय र अभिभावकलाई जोड्नु आवश्यक छ,’ उनले भने, ‘लागुऔषध नियन्त्रणका लागि मेरो मन्त्रालयले आवश्यक कार्य गर्ने नै छ।’ सीमा समस्या सामाधान गरिने उनको भनाई छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...