Mantra
Mayametro Hospital

गौरा पर्व यस वर्ष भाद्र १० गते सोमबारका दिन मनाइने

AD offer
JK

झलारी: सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ।

mantra Hospital

अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ।’

Mantra

अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठि तिथी, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ। भदौ ११ गतेपछि आआफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...