Mantra
Mayametro Hospital

कैलालीमा चट्याङ लागेर एकैदिन १० जना महिला घाइते

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन्। आज आइतबार चट्याङ लागेर १० महिला घाइते भएका हुन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० महिला घाइते भएका छन्।

घाइतेहरुको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। चट्याङ लागेर बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी र ३२ वर्षीया किरन चौधरी घाइते भएकी छन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...