Mantra
Mayametro Hospital

धनगढीबाट १५ तोला सुन र ६० तोला चाँदीका गहना चोरी

AD offer
JK

धनगढी: धनगढीबाट १५ तोला सुन र ६० तोला चाँदीका गहना चोरीधनगढी स् कैलालीको धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदी चोरी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँदीका गहना चोरी भएका हुन्।

mantra Hospital

शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। ओझाको घरमा कोही नभएको समयमा बुधवार बिहान गिरीले चोरी गरेका थिए। उनले सुन, चाँदीसहित २५ हजार नगदसमेत चोरी गरेका कैलाली प्रहरीले बताएको छ। कैलाली प्रहरीले बिहिवार राति गिरीलाई सुतेको अवस्थामा पक्राउ गरेको हो।

Mantra

कैलाली प्रहरीले सीसीटीभी फुटेको विश्लेषणका आधारमा गिरीको पहिचान गरेको थियो। घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ। गिरीले धनगढीको हसनपुरमा समेत एक घरमा चोरी गरेका थिए। उनी कैलाली कारागारबाट कैद भुक्तान गरेर श्रावण १७ गते मात्र छुटेका थिए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...