Mantra
SudharGirha

कञ्चनपुरमा महिला संघको ७७ औं स्थापना दिवसमा शुभकामना आदान-प्रदान

AD offer
HLI
mantra Hospital
झलारी – नेपाल महिला संघको ७७ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरको झलारीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कञ्चनपुरको झलारी बजारमा बिहिबार नेपाल महिला संघ कञ्चनपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको आयोजनामा ७७ औं स्थापना दिवस अन्तर्गत शुभकामना आदान प्रदान गरिएको हो ।

नेपाली कांग्रेसको भ्रातृ संस्थाका रुपमा नेपाल महिला संघले हरेक वर्ष साउन २४ मा विभिन्न कार्यक्रमहरु गर्दै स्थापना दिवस मनाउँदै आएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ का महिला नेत्री तथा समाजसेवीहरुको सक्रियतामा बिहिबार उक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल महिला संघ कञ्चनपुर, क्षेत्र नं. २ की सभापति प्रभा भट्टको सभापतित्व तथा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतम विक्रम सिंह धामीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

उक्त कार्यक्रमका वक्ताहरुले महिलाहरुका हक अधिकारको सुनिश्चतता र प्राप्त जिम्मेवारी बहनका सन्दर्भमा कुराहरु राखेका छन् । देशको कुल जनसंख्याको आधा जनसंख्या भएको महिलालाई हरेक क्षेत्रमा बराबर अधिकार स्थापित गर्नका लागि आगामी दिनमा महिला संघ लाग्नुपर्ने उक्त कार्यक्रमकी सभापति भट्टले बताइन् ।

No description available.

त्यस्तै महिला आन्दोलनको उपलब्धि जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, त्यो बढ्न नसक्नु दुःखको कुरा भएको कार्यक्रमका प्रमुख अतिथी धामीले बताए । तर महिला आन्दोलनकै कारण संविधानमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गरिएको समेत उनले बताए ।

दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नकालागि महिला नेत्री मंगलादेवी सिंहको सक्रियतामा २४ साउन २००४ मा नेपाल महिला संघको स्थापना भएको हो ।

No description available.

नेपाल महिला संघको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिमका सह महामन्त्री चिन्तामणी भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारती, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, बेदकोटकी उप प्रमुख तुलसी जोशी, भीमदत्तकी उप मुख निलम लेखक जोशी, कांग्रेस नेत्री सन्तोषी साउँद ऐरी लगायतका दजनौं नेता तथा कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।

महिला अधिकारका लागि स्थापना भएको राजनीतिक संगठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाहरूको प्रवेशका लागि कोशेढुङ्गाका रूपमा लिने गरिन्छ ।

Accounting
11 no oda
AD offer
Loading...