Mantra
SudharGirha

कञ्चनपुरमा गृहमन्त्री लेखकको पुत्ला दहन

AD offer
HLI

 

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकको पुत्ला जलाइएको छ ।  नेपाल कम्युनिस्ट (बहुमत) पार्टीको भातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले लेखकको गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा पुत्ला जलाएका हुन ।

mantra Hospital

उनीहरूले आफ्ना सदस्य किशोर (अविनाश) कुवरलाई तत्काल रिहाइको माग गरेका छन् ।

Mantra

क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले झुट्टा मुद्दा खारेज गर,  नालायक प्रहरी प्रशासन मुर्दावाद, भ्रष्टाचारीहरूको  संरक्षक गृहमन्त्री रमेश लेखक राजीनामा दे, लगायत नारा लगाउँदै पुत्ला जलाएका थिए ।

क्रान्तिकारी युवा सङ्गठन नेपालका सुदूरपश्चिम संयोजक दीपेन्द्र ऐरीले २३ साउनमा काठमाण्डौमा पत्रकार सम्मेलनm गरी घर फर्किने क्रममा प्रहरीले पक्राउ गरेका पार्टीका सदस्य किशोर (अविनाश) कुवरलाई रिहाइका लागी सरकारलाई दबाब दिन गृहमन्त्री लेखकको पुत्ला जलाइ विरोध गरिएको बताए  । तत्काल रिहाइ नगरिए थप सङ्घर्ष गरिने उनको भनाइ छ ।

Accounting
11 no oda
AD offer
Loading...