Mantra
Mayametro Hospital

भीमदत्तको वडा नम्बर ११ मा २ वटा नमुना काम

AD offer
JK

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाको एउटा वडा कार्यालयले २ वटा नमुना कामको सुरुवात गरेको छ। चालु आर्थिक वर्षदेखि नै कार्यान्वयनमा ल्याउने गरी भीमदत्त नगरपालिकाको वडा नम्बर ११ ले २ वटा नमुना कामको सुरुवात गरेको हो। वडावासीबाट विभिन्न नाममा कर मात्र लिने होइन सुखदुःखमा साथ दिन वडा नम्बर ११ को कार्यालयले शिशु जन्मिए भात्ता र कसैको निधन भए दाहसंस्कार खर्च उपलब्ध गराउने निर्णय नै गराएर साउन १ गतेदेखि यी २ वटा कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको छ।

कुल ५ हजार जनसंख्या रहेको सो वडा कार्यालयले कुनै वडावासीको निधन भए दाहसंस्कार खर्च दिने व्यवस्था गरेको छ। चालू आर्थिक वर्ष २०८१/८२ देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टि खर्च दिने निर्णय गरेको हो। भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले शिशु स्याहारका लागि जन्मिनेबित्तिकै प्रतिशिशु दुई हजार रुपैयाँ र कुनै वडावासीको मृत्यु भएमा अन्त्येष्टिका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने बताए।

Mantra
mantra Hospital

‘वडावासीले विवाह दर्तादेखि मृत्यु दर्तासम्म कुनै न कुनै रुपमा कर तिरेका हुन्छन्। वडाले धेरै काम गर्न नसकेपनि वडावासीलाई वडा सरकार छ भन्ने अनुभुति दिलाउन नमुनाको रुपमा यी २ कार्यक्रमलाई कार्यान्वनमा ल्याएका हौँ।’ नागरिकले कर मात्र तिर्ने तर सुविधा केही पनि नपाउने हो भने सरकारको अनुभुति गर्न नसकिने उनले बताए।

वडाध्यक्ष थापाले वडाका नागरिक विपन्न भएकाले शिशु जन्मिए शिशुको स्याहारका लागि रकम उपलब्ध गराउने र कसैको मृत्यु भए अन्त्येष्टिका लागि दाउरा उपलब्ध गराउने निर्णय गरिएको बताए। कुनै वडावासीको निधन भए दाउरा खरिददेखि आवश्यक काजकिरियाका लागि वडाबाट सक्दो आर्थिक सहयोग गर्न लागेको वडाअध्यक्ष थापाले बताए।

वडाको सो निर्णय साउन १ गतेदेखि नै लागू भएको छ। वडाध्यक्ष थापाले वडाभित्र वर्षमा १२ देखि १५ जनाको निधन हुने गरेको बताए। जन्मदेखि मृत्युसम्मको सुखदुःखमा स्थानीय सरकारले साथ दिन लागेको भन्दै वडावासी हर्षित भएका छन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...