Mantra
Mayametro Hospital

भिरबाट खसेको ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु

AD offer
JK
mantra Hospital

बैतडीः भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीम भदेलगडाकी ४० वर्षीया जुनकीरी भुलको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो।

आइतवार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भिरबाट खसेको ढुंगा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनीराम सार्कीले बताए। मृतक जुनकीरीका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन्। उनका दुई छोरा र दुई छोरी रहेका छन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...