Mantra
Mayametro Hospital

आज सुदूरपश्चिममा नयाँ सरकार गठन हुने

AD offer
JK

धनगढी: आज सुदूरपश्चिममा नयाँ सरकार गठन हुने भएको छ। पूर्ववत् सहमतिअनुसार सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेस नेतृत्वको सरकार बन्ने छ। अर्थात् अन्य कुरा यथावत रहेकोमा काँग्रेसका कमल बहादुर शाह र प्रकाश बहादुर देउवामध्ये एकजना मुख्यमन्त्री नियुक्त हुनेछन्। प्रदेश प्रमुख नजिर मियाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

यस अगाडि मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका थिए। शुक्रबार संसदलाई सम्बोधन गरेलगत्तै मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख मिया समक्ष राजीनामा बुुझाएका थिए।

Mantra
mantra Hospital

मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ मा दुुई वा दुुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउन पाउने प्रावधान छ।

आज बन्ने सरकारलाई रेशमलाल चौधरी पक्षको नाउपाले पनि समर्थन गर्नेछ। सुदूरपश्चिममा काँग्रेसका १८, एमालेका ११ र नाउपा रेशम पक्षका ५ जना प्रदेश सदस्य छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि चाहिने संख्या २७ हो।

सरकारको नेतृत्व लिने भनिएको काँग्रेसभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने टुंगो भने पनि भोलि नै लाग्ने बताइएको छ। पूर्व मुख्यमन्त्री तथा काङ्ग्रेस दल नेता कमलबहादुर शाहले भोलि ११ बजे दलको बैठक बसेर सो विषय टुंगो लाग्ने बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...