Mantra
SudharGirha

कृष्णपुरमा सूचीकृत बिनै कार्यक्रम सञ्चालन, २१५ किसान सुरो नेपालको फन्दामा

AD offer
HLI

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का २७ जना किसान सिफारीस माग गर्दै वडा कार्यालयमा पुगे । कृष्णपुर–९ का ८ जना किसानलाई पावर टिलर वितरण गरेको सुरो नेपालले सिफारिस मागेपछि उनीहरू वडा कार्यालय पुगेका हुन्।

Mantra

लालबहादुर चौधरीमार्फत सुरो नेपाललाई २५ हजारका दरले रकम बुझाएका किसान वडा कार्यालयमा सिफारिस माग गर्दै पुगेपछि सुरो नेपालको नाममा रकम सङ्कलन भएको पत्ता लागेको छ। कृष्णपुर नगरपालिका–९ का २७ जना किसानले ६ लाख ७५ हजार रुपैयाँ सुरो नेपाललाई पावर टिलरको पहिलो किस्ता भन्दै बुझाएका छन्। कृष्णपुर नगरपालिका–९ का वडाध्यक्ष कैलाशबहादुर बलायरले सुरो नेपालले कृष्णपुर नगरपालिकाका तीन वडाका किसानबाट रकम सङ्कलन गरेको पत्ता लागेको बताए। उनले भने, मेरो वडाबाट २५ हजारका दरले २७ जनाले पैसा दिएका रहेछन्। मलाई कुनै जानकारी नै थिएन। पहिलो किस्ता २५ हजार भनिएको रहेछ। ५८ हजार ७५० मा सुरो नेपालले पावर टिलर दिने रहेछ। यता, ६०, ७० र ८० हजारसम्म प्रति किसानबाट रकम उठाउने गरिएको छ।’

mantra Hospital

वडाध्यक्षलाई खुसी पार्न चारवटा पावर टिलरको अफर
कष्णपुर नगरपालिका–९ का किसान वडा कार्यालयमा सिफारिस माग गर्दै पुगेपछि सुरो नेपालले रकम सङ्कलन गरेको पत्ता लागेको हो। धनवर्षाको नाम परिवर्तन गर्दै सुरो नेपाल राखिएको समेत खुलेको छ। वडा कार्यालयमा सिफारीसका लागि किसान पुगेपछि सुरो नेपालका प्रतिनिधि रोहित अर्याललाई शुक्रवार वडा कार्यालयमा बोलाइएको थियो। अर्यालले उल्टै वडाअध्यक्षलाई खुसी पार्न चारवटा पावर टिलरको अफर गरेका छन्।
कृष्णपुर नगरपालिका–९ का २७ जना किसानलाई सिफारिस दिएबाफत चारवटा पावर टिलर वडाध्यक्षले भनेको व्यक्तिलाई दिने अर्यालले अफर गरेका हुन्। वडाध्यक्ष बलायरले भने, ‘मेरो वडाका २७ किसान सिफारिस माग्दै थिए। मलाई थाहा नहुँदै रकम उठाएकाले मैले दिएन। मैले फोन गरेर सुरो नेपालका अर्याल सर भन्ने आउनुभयो। उहाँले यसअघि पनि पावर टिलर वितरण गरेको बताउनुभयो। चारवटा पावर टिलर तपाइका किसानलाई हाल्छु भन्नुभयो। मलाई डर लाग्यो।’

सूचीकृत बिनै कार्यक्रम सञ्चालन

कृष्णपुर नगरपालिकामा संस्था सूचीकृत तथा कार्यक्रमको स्वीकृति बिना तीनवटा वडाका किसानबाट रकम सङ्कलन गरिएको छ। कृष्णपुर नगरपालिका–९ बाट २७ किसानको ६ लाख ७५ हजार, कृष्णपुर–४ का एक सय ८ किसानबाट २७ लाख र कृष्णपुर नगरपालिका–५ का ८० किसानबाट २० लाख रकम सुरो नेपालले बिचौलियामार्फत सङ्कलन गरेको पाइएको छ। कृष्णपुर नगरपालिकाको जानकारी बिना नै ५३ लाख ७५ हजार रुपैयाँ किसानबाट रकम असुल गरिएको छ। कृष्णपुर नगर क्षेत्रका २१५ जना किसान सुरो नेपालले पठाएका बिचौलियाको फन्दामा परेको भए पनि यो विषयमा नगरपालिका अनभिज्ञ छ।
कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले वडाअध्यक्षहरूले सुरो नेपालबाट पावर टिलर पाउने किसानलाई सिफारीस दिने वा नदिने विषयमा सोधेपछि मात्र कार्यक्रमको विषयमा जानकारी पाएको बताए। उनले भने, ‘सुरुमा नगरपालिकामा दर्ता गर्न भने, ‘नगरपालिकाबाट वडामा वितरण गर्न भने। वडा नम्बर ९ मा माओवादीका कार्यकर्ता खोज्यो। लालबहादुर, पदम सुनारहरूले ५० प्रतिशत लिए। वडाध्यक्षलाई सिफारिस माग्दैछन्। तर, वडाध्यक्षले २५ प्रतिशत उनीहरुले खान लागेको देखिपछि सिफारिस दिएका छैनन्। वडाध्यक्ष म बदनाम हुँदैन भन्दैछन।

२१५ किसान सुरो नेपालको फन्दामा

कृष्णपुर नगरपालिकाबाट सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझाको खातामा रकम पठाइएको छ। सुरो नेपालले ५८ हजार ७५० रुपैयाँमा पावर टिलर वितरण गर्ने भन्दै २१५ किसानलाई आफ्नो फन्दामा पारेको हो। सुरो नेपालले पठाएका बिचौलियाहरूले प्रति किसानबाट ६० देखि ८० हजारसम्म सङ्कलन गर्ने गरेका छन्। कृष्णपुर नगर क्षेत्रका किसानबाट रकम सङ्कलन गरिएको विषयमा सुरो नेपालका प्रतिनिधि रोहित अर्यालले झुट बोलेका छन्।
रकम सङ्कलन गरिएको विषयमा जानकारी नभएको बताएका रोहितले वडाध्यक्ष कैलाशबहादुर बलायरसँग भने अध्यक्ष सुशीला खड्का ओझामाथि बिचौलियामार्फत रकम सङ्कलन गरेको दोष थुपारेका थिए। अध्यक्ष बलायरले भने, ‘कृष्णपुर नगरपालिका–४ का वडाध्यक्ष धर्मबहादुर सिंह र पुष्प भाइसँग मैले कुरा गराएको थिए। त्यो अर्याल सरले, एक म्याम छन्। उहाँले उठाउनु भएको होला भन्नुभयो। पहिला धनवर्षा थियो। अहिले सुरो नेपाल छ। त्यो रकम फिर्ता माग्नु भनेर उहाँले त्यहीबाट भन्नुभएको हो।’ तर, रोहित अर्यालले कृष्णपुर नगर क्षेत्रबाट सुशीला खड्का ओझाले रकम सङ्कलन गरेको विषयमा जानकारी नभएको प्रतिकृया दिएका छन्। उनले सुशीला खड्का ओझाले कृष्णपुरबाट रकम उठाएको हुन भन्ने प्रश्नमा कुनै जानकारी नभएको बताए। उनले भने, ‘उहाँले उठाएको विषयमा जानकारी छैन। हामीले दिनुपर्ने चै छ।’

Accounting
11 no oda
AD offer
Loading...