Mantra
Mayametro Hospital

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते 

AD offer
JK

 

mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । मंगलबार साँझ जिल्लाको शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद बाघको आक्रमणबाट घाइते भएकी हुन्। घर नजिकै रहेको गाई गोठमा गाइलाई घास हाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो।

इलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी सहायक निरीक्षक मोहनसिंह ठगुन्नाको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले घाइते साउँदलाई उपचारका लागि टी एण्ड सी अस्पताल झलारीमा पठाएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...