Mantra
SudharGirha

भिरबाट खसेको ढुङ्गा लागेर दार्चुलामा एक को मृत्यु तीन जना घाइते

AD offer
HLI
mantra Hospital

दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुँहु गाउँपालिका-२ रतुवा स्थित रोडमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर दुरी देवी बडालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार रतुवा स्थित गोकुल बस्ने हरक सिंह बडालको ४० बर्षीया श्रीमती दुरी देवी बडाल घरदेखि २०० मिटर टाढा रोडमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको ढुङ्गाले उनको मुख र छातीमा चोट लागेको थियो ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याउदा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिका–७ पन्तलीमा भिरबाट खसेको ढुङ्गा लागेर तीन जना घाइते भएका छन्।
घाइते हुनेमा सोहि ठाउँका ७१ वर्षीय गंगासिं धामी, १२ वर्षीया इश्वरी धामी र ९ वर्षीय आयुष धामी रहेका छन्। इश्वरी र आयुषको अवस्था सामान्य रहेको र गंगालाई भने थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।

Accounting
11 no oda
AD offer
Loading...