Mantra
SudharGirha

टिङ्कर नाका खुलेपछि स्थानीय व्यापारी ताक्लाकोटमा

AD offer
HLI

दार्चुला: नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन्। कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका करिब पाँच वर्षपछि खोलिएको हो।

केही दिनपहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन्। व्यास गाउँपालिका–१ का स्थानीय योगेश बोहराले चीनबाट नै व्यापारीलाई आउनु भन्ने खबर पठाएको बताए। औपचारिक पत्र नपाए पनि व्यास क्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

Mantra

छाङरु र टिङ्करका केही स्थानीय ताक्लाकोट पुगेका छन्। टिङ्करको छियालेकस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) ले टिङ्कर नाका भएर ताक्लाकोट आवतजावत गर्ने नागरिकको अभिलेख राख्ने गरेको छ। छियालेकमा इलाका प्रहरी कार्यालय पनि सञ्चालित छ।

mantra Hospital

उक्त नाका बन्द हुँदा ताक्लाकोटमा रहेका नेपाली नागरिकका पसल पाँच वर्षदेखि बन्द थिए । लामो समयको पर्खाइ तथा पहलपछि नाका खुलेको स्थानीयवासी बताउँछन्। गत जेठ १७ गते ताक्लाकोटस्थित चिनियाँ अधिकारीसँग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीले भिडियो संवादमार्फत नाका सञ्चालनबारे छलफल गरेका थिए।

उक्त छलफलमा असार ११ देखि नाका सञ्चालन हुने तय भएको थियो। केही प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ अधिकारीले असार २६ गतेलाई नयाँ मिति पठाएका थिए तर असार २६ गते पनि नाका खुलेन। प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेको दिन असार ३१ देखि भने नाका खुला गरिएको छ।

तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्न टिङ्कर नाका वैधानिक रूपमा सञ्चालनको माग स्थानीयले गर्दै आएका छन्। यसका लागि पटक पटक राजनीतिक र प्रशासनिक नेतृत्वलाई अनुरोध गरिएको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए। टिङ्कर नाका परम्परागत रूपमा खुले पनि व्यास क्षेत्र र टिङ्कर नाका जोड्ने सडक निर्माणले भने गति लिएको छैन।

सरकारले चालु आर्थिक वर्षको बजेटमा टिङ्कर सडकलाई आठ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। सामरिक महìवको टिङ्कर सडकमा बजेट न्यून भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। नेपाली सेनाले निर्माण गरिरहेको टिङ्कर सडकमा बजेट थप गरेर प्राथमिकताका साथ निर्माण गरिदिन व्यास गाउँपालिकाले नेपाल सरकारलाई अनुरोध गरेको छ।

Accounting
11 no oda
AD offer
Loading...