Mantra
Mayametro Hospital

हिमालयन लाइफ का एजेन्सी द्वारा जन्म दिनको उपलक्षमा जीवन बीमा उपहार

AD offer
JK
mantra Hospital

अत्तरीया,
जन्मदिनको अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दो भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ। यसैक्रमममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अत्तरिया शाखाले एक कार्यक्रमका बीच बीमा पोलिसी उपहार प्रदान गर्दै एजेन्सी म्यानेजर र बीमित लाई जीवनबीमा पोलिसी उपहार दिएर जन्मदिन मनाएको छ ।
कम्पनीका एजेन्सी म्यानेजर धनगढी उपमहानगर पालिका ४ बस्ने सरस्वती कुमारी जोशी ओझा ले जन्म दिनको अवसर पारी आफनै श्रीमान राम प्रसाद ओझा को जन्म दिन को उपलक्ष्यमा १० लाखको जीवन बीमा योजना उपहार दिएकी छन् ।

साथै गत असार महिना मा मात्रै हिमालयन लाईफ इन्स्योरेन्स लि. अत्तरिया शाखा बाट एजेन्सी मेनेजर बन्न सफल हुनु भएकी दिपिका बटाला को पनि जन्म दिन अत्तरीया शाखा कार्यालय ले सप्पन्न गरेको जानकारी शाखा प्रमुख गजेन्द्र ब भण्डारी ले बताउनु भयो । पछिल्लो पटक जीवन बिमा बचत र भवितव्यता को लागि यसरी जन्म दिनमा र जीवनका विशेष दिनहरुमा आगामी दिनमा आर्थिक बचत तथा सुरक्षा को लागि यसप्रकार का कार्यक्रमहरु भैरहने शाखा प्रमुख भण्डारी ले बताउनु भयो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...