Mantra
SudharGirha

सौर्य एयरलाइन्सको विमान दुर्घटना, ५ सदस्यीय जाँचबुझ आयोग गठन

AD offer
HLI
mantra Hospital

काठमाडौं : सौर्य एयरलाइन्सको विमान दुर्घटनाका १८ मृतकको शवलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

फरेन्सिक विभागमा शव लगिएपछि मृतकका आफन्तहरु त्यहाँ पुगेका छन् । १८ मृतकका परिवार र आफन्तको अस्पताल परिसरमा रुवाबासी छ ।

विमान दुर्घटनापछि अस्पताल परिसरमा पुगेका मृतकका आफन्त फरेन्सिक विभाग अगाडि भावविह्वल अवस्थामा छन् । उनीहरुमध्ये केही त्यहीँ बेहोस भएर ढलेका थिए ।

ज्यान गुमाएकामध्ये इञ्जिनियर उद्धव पुरीका एक जना आफन्तले प्राविधिक जाँच सम्बन्धी उडानमा पनि १८ जना (पाइलट र को–पाइलटबाहेक) कर्मचारी र यात्रु राखिएको भन्दै आपत्ति जनाए ।

‘प्राविधिक जाँचका लागि गरिएको उडानमा किन त्यति धेरै मान्छे राखियो’, ती आफन्तले प्रश्न गरे, ‘यसमा एयरलाइन्सको पनि लापबाही देखिन्छ ।’

विमान दुर्घटनाको जाँचबुझ ५ सदस्यीय आयोग गठन

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।
आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् ।

Accounting
11 no oda
AD offer
Loading...