Mantra
Mayametro Hospital

सृजनशिल सहकारीको वार्षिक नाफा २ करोड २७ लाख, १७ औं वर्षमा प्रबेश

AD offer
JK

झलारी:  शुक्लाफाँटा नगरपालिका– १० झलारीमा केन्द्रिय कार्यलय रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले शनिबार १६ औं स्थापना दिवस मनाएको छ । सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बार्षिक कारोवारको संक्षिप्त जानकारी दिदै सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले आब ०८०/८१ मा सहकारी संस्थाले २ करोड २७ लाख ४५ हजार बढी खुद नाफा आर्जन गरेको बताए । गत बर्ष भन्दा २० लाख ५० हजार रुपयाँ बढी नाफा कमाएको संस्थाले जनाएको छ ।

Mantra

आर्थीक वर्ष २०८०र०८१को वार्षिक कारोबारको जानकारी दिने क्रममा १९ हजार सदस्य संख्या भएको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले ६१ करोड ७३ लाख बढी बचत गरेको जनाएको छ । संस्थाका कञ्चनपुर र कैलालीमा रहेका १२ वटा शाखाहरुबाट २०८१ असार सम्ममा ८० करोड २० लाख बढी ऋण लगानी गरेको छ ।

mantra Hospital

कार्यकारी निर्देशक भट्टले देशमा कायम रहेको आर्थिक मन्दीका बिच संस्थाले गरेको प्रगतीमा आफुहरु खुसी रहेको बताए । संस्थाले स्वरोजगार सृजना तथा उद्यमशिलता विकास, कृषि क्षेत्रमा लगानी बृद्धि तथा प्रविधिमा सहयोग, वित्तिय साक्षरता अभियान सञ्चालन र डिजिटल कारोबारलाई सहज र सर्वसाधारणको पहुचमा बृद्धि लगायतका काम गर्ने लक्ष्य लिएको उनको भनाई छ ।

 

संस्थाको यस आर्थीक वर्षको वासलात ९४ करोड ६१ लाख ४८ हजार बढी रहेको छ । संस्थाको पछिल्लो तथ्याङ्क अनुसार ६ करोड ६ लाख १० हजार नौ सय शेयर रहेको छ । उनले मुख्य चुनौतीका रुपमा आर्थिक मन्दीका कारण लगानी योग्य रकमको अभाव, बाहय ऋण तथा बचतमा अत्यधिक व्याजदर र सरकारी फितलो नीति जिम्मेवार रहेको बताए ।

 

बचतकर्ता, सेयर सदस्य र कर्मचारीको निरन्तरको सहयोग तथा सहकार्यले १७ औं वर्षमा प्रवेश गर्न सफल भइएको सहकारीका अध्यक्ष शिवराज भट्टले बताए। ‘सबैको अथक प्रयासले यो उचाईसम्म पुगेका छौं, १६ वर्ष अगाडि साउन ५ गते २५ जना सदस्यबाट सुरु गरेको संस्था १ अर्वको कारोबार गर्ने र १९ हजार सदस्य थप्न सफल भएका छौं,’ उनले भने। सेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए। ‘सेयर सदस्य बलियो भयो भने सहकारी बलियो हुन्छ,’ उनले भने ।

 

सहकारीका कानुनी सल्लाहकार उद्धवराज भट्टले बिषम परिस्थीतिमा पनि सहकारीको कारोवारमा कुनै असर नपरेको भन्दै व्यवस्थापकीय पक्षको प्रशंसा गरे। उनले ऐन, नियम, नियमावली बमोजिम सहकारीले कार्य गर्दा सबैको विश्वास जित्छ भन्ने मान्यता यस सहकारीले स्थापित गरेर देखाई दिएको बताए । सहकारीका अध्यक्ष शिवराज भट्टको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा सहकारीका सचिव खगेन्द्र पाण्डेयले संचालन गर्नुभएको थियो ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...