Mantra
Mayametro Hospital

सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

AD offer
JK

धनगढीः विदेश जान सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन्। सुदूरपश्चिमबाट विदेश जानेको संख्या वर्षेनि बढ्दो छ . पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्न थालेको छ। यहाँबाट धेरै संख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा छन्। यसका साथै यूएई, कतार, साउदी र माल्टाका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ।

mantra Hospital

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४४७ पुरुषले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन्। ९ सय ४२ महिलाले समेत वैदेशिक रोजगारीमा जान श्रमस्वीकृती लिएको पाइएको छ। सो अवधिसम्म पुरुष र महिला गरेर कुल १० हजार तीन सय ८९ को संख्यामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृत लिएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ।

Mantra

यो संख्या रोजगारीका लागि तेस्रो मुलुक जाने पुरुषसँगै महिलाको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ। तर सुदूरपश्चिम प्रदेशको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य भने भारत हो। यहाँबाट रोजगारीका लागि भारतमा कति जना गएका छन भन्ने आधिकारिक तथ्यांक भने छैन्।

तर झण्डै ६ लाखको संख्यामा भारतका विभिन्न सहरमा कामको खोजीमा यस प्रदेशबाट गएको हुनसक्ने अनुमान गरिएको छ। स्वदेशमा रोजगारीका अवसर नहुँदा वर्षेनि भारत लगायत तेस्रो मुलुक जाने श्रमिकको संख्या बढ्दो छ। छिमेकी मुलुक भारतमा भने परिवारसहित जानेको संख्या पनि बढ्दो क्रममा देखिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...