Mantra
SudharGirha

सुदूरपश्चिममा साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान

AD offer
HLI

धनगढी : सुदूरपश्चिममा बजेट शुन्यताको अवस्था आएपछि प्रदेश प्रमुख नजीर मियाँले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन । विहीबार मात्रै राती १२ बजेटबाट लागुहुने गरी प्रदेश प्रमुख मियाँले संसदको बजेट अधिवशन अन्त्य गरेका थिए ।

mantra Hospital

संसद अधिवेशन अन्त्य भएपछि आज संसदको एक चौथाई प्रदेश सभा सदस्यहरुले हस्ताक्षर सहित विषेश अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाँले साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान गरेका हुन ।

Mantra

संविधानमा संसदको अधिवेशन अन्त्य भएको अवस्थामा कम्तीमा पनि एक चौथाई सांसदहरुले हस्ताक्षर गरि विषेश अधिवेशन माग गर्नसक्ने प्रावधान छ । मुख्यमन्त्री सोडारीले असारको ३० गते संसदको बजेट अधिवेशन अन्त्य गर्न भन्दै प्रदेश प्रमुख मियाँलाई पत्र पठाएका थिए । तर मियाँ बाहिर भएकाले विहीबार मात्रै उक्त पत्र माथि कारवाही भएको हो ।

सोडारीलाई पटक पटक राजीनामा दिएर नयाँ सरकारको बाटो सहज पार्न र बजेट शून्यताको अवस्थाबाट प्रदेशलाई जोगाउन नयाँ गठबन्धनका दलहरु आग्रह गरिरहेका छन तर सोडारी पनि अल्पमतको परेको ३० दिन सम्मको समयसीमा भीत्र सहजै सत्ता नछोडने दाउँमा देखिएका छन ।

Accounting
11 no oda
AD offer
Loading...