Mantra
SudharGirha

कुष्ण सामुदायिक वनले पुर्व अध्यक्ष वोहरा संग नौ लाख ७६ हजार ५ सय वेरूजु रकम असुल

AD offer
HLI
mantra Hospital

जय ऐर, असार, २८, झलारी

कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडानं ११अमरपुरमा रहेको श्री कृष्ण सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनका पुर्व अध्यक्ष दान वहादुर वोहरा संग रहेको वेरूजु रकम असुल उपर गरेको छ। सामुदायिक वनले उपभोक्ताको एक विशेष भेलाका विच शुक्लाफाँटा सव डिभिजन वन कार्यालयका वन अधिकृत भोजराज शर्मा शुक्लाफाटा नगरपालिका वडानं ११ का वडा अध्यक्ष शेर वहादुर साउदको रोहवरमा पुर्व अध्यक्ष वोहरा वाट रू सात लाख ८ हजार कार्यालयको वेरूजु रकम र टेक्टरको हर्जाना वाफतको रकम रू दुई लाख ६८ हजार ५ सय समेत गरि टोटल रकम रू नौलाख ७६ हजार ५ सय वेरूजु रकम पुर्व अध्यक्ष वोहरावाट असुल उपर गरेको हो। पुर्व अध्यक्ष वोहराले वरवुजारत नगरि आफनै जिम्मामा राखेका टेक्टर लाई समेत चालू अवस्थामा मर्मत सम्भार गराई वुझिलिने निर्णय भएको सामुदायिक वनका अध्यक्ष अमर वहादुर ऐरले जानकारि दिएका छन्। नयाँ कार्य समिति गठन भएको करिव डेढ बर्ष पछि वेरूजु रकम असुल भएको उनले वताए। वेरूजु रकम असुल उपरका लागि पटकपटक मौखिक लिखित पत्राचार गरि ध्यानाकर्षण गराउदा पनि आनाकानी मनोमानि गर्दै आएका थिए। सामुदायिक वनले वेरूजु रकम असुल उपरका लागि कानुनि वाटो खोजेपछि वेरूजु रकम वुझाउन पुर्व अध्यक्ष वोहरा सामुदायिक वनको विशेष भेलामै पुगेका थिए। आफनो जिम्मामा रहेको वेरूजु रकम संगै टेक्टर सकुशल वुझाउन र टेक्टरको हर्जाना समेत वुझाउन उनी सहमत भएपछि सामुदायिक वनले एक कदम पछाडि हटेर सवै उपभोक्ताको सहमतिमा वेरूजु रकम र टेक्टर वर वुजारत गर्न सहमति जनाईएको अध्यक्ष ऐरले वताए।कार्यक्रममा वोल्दै शुक्लाफाँटा सवडिभिजन वन कार्यालयका अधिकृत भोजराज शर्माले सामुदायिक वनको विधान कार्योजना विपरीत गई वन ऐन नियमावलीमा असर पर्ने खालका गतिविधि भए वन कार्यालय ले उन्मुक्ति दिन मिल्दैन कानुनी राज्य हो ढिलो चाडो मात्रै हो कानुन विपरीत गरिने कार्य लाई कानुनको हातले छोड्दैन।विधि विधान सम्वत गरिएका कार्यमा वनले हस्तक्षेप नगर्ने वन अधिकृत शर्माले वताए।शुक्लाफाँटा नगरपालिका वडानं ११ का वडा अध्यक्ष शेर वहादुर साउदले वडा भित्र न्याय निरूपण सुशासन कायम राख्ने जिम्मेवारी वडा कार्यालयको पनि हो। विधि र प्रक्रिया मिचेर मनोमानि ढंगले नियम कानुन विपरीतका कार्य क्षमा लायक हुदैनन्। राज्य र जनताको सम्पत्तिको सुरक्षा संगै सुशासन कायम गर्न गराउन वडा कार्यालय प्रतिबद्ध रहेको वताए।सामुदायिक वनको भेलामा सल्लाहकार समिति लेखा समिति टोल समिति सामुदायिक वनका पुर्व पदाधिकारी छानवीन समिति वनका उपभोक्ता लगायतको उपस्थिति रहेको थियो।

Accounting
11 no oda
AD offer
Loading...