Mantra
Mayametro Hospital

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, तीन यात्रुले हामफालेर जोगाए ज्यान

AD offer
JK

असार, २८,चितवन
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।
ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्।
यसरी ज्यान जोगाउने यात्रुमा रौतहटको देवाही गोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेको प्रहरीले जनाएको छ। यात्रुको पूर्ण विवरण खुलिसकेको छैन ।

mantra Hospital

चितवनको मुग्लिङ नारायणगढ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ ।

Mantra

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...