असार, २७, झलारी , शुक्लाफाटाका बाढीपिडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न पुर्ब नगर प्रमुख दिल बहादुर ऐरले स्थानीय सरकारसँग माग गरेका छन् । उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ संस्था र केन्द्र सरकारले कञ्चनपुरमा बाढीले पुर्याएको विपदलाई समाधान गर्नु पर्ने बताउनु भयो ।
असार २३ गते देखि परेको अविरल वर्षा ले शुक्लाफाँटा नगरपालिका भित्र रहेका सुनवार नदी, स्याली नदी,अनौखि खोला आदि नदीमा बाढी आई साथै नगरका केही वडाहरुमा पानी जामी उक्त वर्षाका कारण जमीन कटान गरी घर गोठ मा क्षति, सडक बिच्छेद, पुल पुलेशा मा क्षति गाईबस्तु को क्षति भएको ले क्षतिको आकलन गरी नगरपालिकाले आवश्यक राहत , नदी नियन्त्रण कार्य र सडक मर्मत सुधार गर्नका लागि पूर्व नगर प्रमुख दिलबहादुर ऐर ले नगरपालिका लाई अनुरोध गर्नुभएको छ ।
पुर्ब नगर प्रमुख दिल बहादुर ऐरले बाढी नियन्त्रणको काममा सजग रहन आग्रह गरिए पनि सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको पनि बताए । ‘पटक–पटक सरकारलाई बाढीको पूर्व तयारी गर्नुपर्छ भन्दै आएका छौँ । बाढी नियन्त्रणको काममा सरकार सजग रहनुपर्छ भन्दै आएका छौँ,’ उनले भने, ‘तर अहिलेसम्म सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको छ ।’