Mantra
Mayametro Hospital

शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना सुरु

AD offer
JK
mantra Hospital

असार २६, कञ्चनपुरः
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने सुनौलो तोपचरा (फिन्स विभर) को गणना सुरु गरिएको छ। सङ्कटापन्न सूचीमा रहेको सो प्रजातिको चराको सङ्ख्या, अवस्था पत्ता लगाउने उद्देश्यका साथ गणना सुरु गरिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ बिसिएन ले गणना गर्न लागेको हो। बिसिएनले हरेक वर्ष यो निकुञ्जमा सुनौलो तोपचराको गणना गर्दै आएको छ।

यस निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, लालपानी, मोहनपुर, सिंहपुर फाँटालगायत घाँसे मैदानमा सुनौलो तोपचरा पाइने गरेको छ। यसको सङ्ख्या अद्यावधिक गर्न गणना गरिने चराविद् हिरूलाल डङ्गौराले बताए। उनले नेपालको शुक्लाफाँटामा मात्रै पाइने सुनौलो तोपचराको सङ्ख्या कम हुँदै गएको जानकारी दिए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...