Mantra
Mayametro Hospital

कञ्चनपुर र अछाममा वेवारिसे शव फेला

AD offer
JK

असार २५, कञ्चनपुरः
कञ्चनपुरमा एक वेवारिसे महिलाको शव फेला परेको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० भुमिराज टोलस्थित खेतवारीमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आज बिहान करिब साढे आठ बजेतिर प्रहरीले शव फेला पारेको हो। शव जोगबुढा नदीको बहावले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फेला परेकी महिलाको नाम÷थर, वतन केही खुलेको छैन्।

Mantra
mantra Hospital

यस्तै अछाममा वेवारिसे शव फेला परेको छ। जिल्लाको साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदीमा वेवारिसे शव फेला परेको हो।

वेवारिसे शवको नाम थर, लिङ्ग पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। शवको पहिचानका लागि बाजुरा लगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीले जानकारी दिएका छन्।

कङ्काल फेला परेको स्थानभन्दा माथिबाट बगेर आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...