Mantra
SudharGirha

अत्यधिक बर्षाले विपद‍्मा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

AD offer
HLI

असार २५, कञ्चनपुर
सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। नजिकैको खोलामा डुबेर बेपत्ता भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का १५ वर्षीया लक्ष्मी बोगटी, १७ वर्षीया आरती बोगटी र १७ वर्षीया सिर्जना बोगटीको शव आज फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मोतीबस्तीकी सङ्गीता धानुकका सातमहिने छोरा सोलुको कोठामा पसेको बाढीमा डुबेर मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका ९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय अजय रानाको प्रहरीले खोजी गरिरहेको।

Mantra

वेदकोट नगरपालिका–७ सुडा चोक नजिकै रहेको कल्भर्ट पानीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन्। डडेलधुरा पर्शुराम नगरपालिका ३ का ५६ वर्षीय नवराज पनेरुको शनिबार पहिरोसँगै खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो।

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले वर्षासँगैको बाढी र डुबानले कञ्चनपुरको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेलडाँडी, कैलालीको भजनी र जोशीपुर क्षेत्र बढी प्रभावित भएको जानकारी दिए। डुबानमा फसेकालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ। दुवै जिल्लामा डुबानबाट छ सय ४० परिवार प्रभावित भएका छन्। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

कैलालीको गोदावरी, बैतडीको पञ्चेश्वर र दशरथचन्द नगरपालिकामा गरी तीन परिवारको घर भत्किएर क्षति पुगेको छ । विभिन्न सडक खण्डमा गएको पहिराका कारण यातायात आवागमन अवरुद्ध भएको छ। अवरुद्ध सडकको पहिरो पन्छाई सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

mantra Hospital

कञ्चनपुर, महाकाली नदीपारिको दोधारा चाँदनीमा आइतबारदेखि आज बिहानसम्मको २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको थियो। अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, श्याली, दोदा, चौदरलगायत नदी र खोलामा बढेको पानीको बहाव वर्षा रोकिएपछि हिजो दिउँसोबाट घटेको छ।

कञ्चनपुरमा भएको वर्षाले ७७ वर्षयताको रेकर्ड तोड्यो

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २४ घण्टाको अवधिमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो ।

यसअघिसम्म नेपालको सबैभन्दा धेरै वर्षा २०७४ साल भदौ १ गते ९१७ अगष्ट २०१७० मा मकवानपुरको टिस्टुङ पालुङमा भएको थियो । विभागको रेकर्ड अनुसार त्यतिबेला ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो ।

वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेलले भनिन्, ‘कञ्चनपुरको दोधारामा ६२४ मिलिमिटर वर्षा मापन भएको छ । यो रेकर्ड ब्रेकिङ वर्षा हो ।’

दोधारामा यसअघि वर्षा मापन केन्द्र थिएन । दोधारामा २०८० फागुन १२ गतेमात्र स्वचालित स्टेसन जडान गरिएको थियो । त्यसैले अघिल्ला वर्ष त्यहाँ कति वर्षा हुन्थ्यो भन्ने थाहा छैन । त्यसैले अहिलेकै वर्षालाई मौसमविद्हरुले ‘रेकर्ड ब्रेकिङ’ मानेका हुन् ।

आइतबार राति करिब ८ बजेदेखि सोमबार बिहान २ बजेसम्मको अवधिमा कञ्चनपुरमा अत्यधिक भारी वर्षा भएको थियो । वर्षाको प्रकृति हेर्दा र प्रारम्भिक विश्लेषण गर्दा त्यो ‘क्लाउड ब्रस्ट’ (आरी घोप्टे) वर्षा जस्तो देखिए पनि एकिनका साथ भन्न नसकिने डा. कँडेल बताउँछिन् । ‘प्रारम्भिक विश्लेषणअनुसार वर्षाको प्रकृति र मात्रा हेर्दा कञ्चनपुर जिल्लामा विशेषगरी दोधारा, सुन्दरपुर तथा हनुमाननगर आसपासमा क्लाउड ब्रस्ट वर्षा भएको जस्तो देखिन्छ,’ कँडेल भन्छिन्, ‘यसबारे विभागले थप अध्ययन गरिरहेको छ ।’ वैज्ञानिक अध्ययन नगरी ठोकुवाका साथ आरी घोप्टे वर्षा भनेर भन्न नसकिने उनको भनाइ छ ।

Accounting
11 no oda
AD offer
Loading...