असार २३, महेन्द्रनगर
लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढिरहेको छ । मध्यरात २ बजे एक लाख ४८ हजार ९१६ क्युसेक पुगेकाले महाकालीमा अहिले विहान १ लाख ६४ हजार ६६० पुगेको
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक९डीएसपी० उमेश जोशीले जानकारी दिए। नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरी नायव उपरीक्षक जोशीले जनकारी दिए ।
शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउदै आएको छ