Mantra
Mayametro Hospital

शुक्लाफाँटा नगरपालिकाद्वारा शिक्षकहरुको तहगत सरुवा

AD offer
JK
mantra Hospital

२१ असार, २०८१
शुक्लाफाँटा नगरपालिकाले तहगत शिक्षकहरुको व्यवस्थापन गरेको छ । सोमबार १६४ औं नगर कार्यपालिका बैठकले नगरभित्रका १३ वटा माध्यमिक विद्यालय र ८ वटा आधारभूत विद्यालयहरुमा पदस्थापन सहित तहगत शिक्षक व्यवस्थापन गरेको हो । कार्यपालिकाले गरेको निर्णय अनुसार धर्मजनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीलाई श्री कृष्ण माध्यमिक विद्यालय झलारीमा खटाइएको छ ।
सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्शाहका प्रधानाध्यापक धनसिंह महरालाई राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा खटाइएको छ । राष्ट्रिय माविका प्रधानाध्यापक बिरेन्द्रसिंह साउँदलाई सिद्धबैजनाथमा खटाइएको सामाजिक विकास समितिका संयोजक रमेश ऐरले बताए । उनका अनुसार कृष्ण मावि झलारीका शिक्षक हरीदत्त बागलाई धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरको जिम्मेवारी दिइएको छ। त्यस्तै कृष्ण मावि भलारीकै शिक्षक भरत बहादुर तिरुवालाई सरस्वती माध्यमिक विद्यालय अमरपुर खटाइएको छ ।
बैजनाथ माध्यमिक विद्यालय कसरौलमा कृष्ण माविका शिक्षक खेमराज अवस्थीलाई खटाइएको छ भने कृष्ण माविका शिक्षक गोविन्द सिंह नायकलाई कालिका माध्यमिक विद्यालय असैना खटाइएको छ । कृष्ण माविकै नैन सिंह ऐरलाई अशिग्राम माध्यमिक विद्यालय सिसैयामा खटाइएको छ भने कृष्ण मावि झलारीका प्रधानाध्यापक लक्ष्मी थापा ऐरलाई शिवशंकर मावि गर्जमुनी खटाइएको छ ।
राष्ट्रिय माविका शिक्षक भक्त प्रसाद मिश्रलाई जनजागृति माध्यमिक विद्यालय गणेशपुर खटाइएको छ भने शिवशक्ति माध्यमिक विद्यालय कालागौडीमा राष्ट्रिय माविका राम बहादुर खड्कालाई खटाइएको छ । त्यस्तै कृष्ण माध्यमिक विद्यालय सिमलफाँटामा सिद्धबैजनाथ मावि बन्साहका शिक्षक तेज बहादुर साउँदलाई खटाइएको छ ।
कृष्ण मावि झलारीका शिक्षक राजेन्द्र प्रसाद पाण्डेयलाई सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडी खटाइएको छ। धर्मजनताका शिक्षक गणेश प्रसाद पन्तलाई बैजनाथ आधारभूत विद्यालय पारिफाँटा खटाइँदा धर्मजनता माविकै राजेन्द्र बहादुर धामीलाई जनभावना आधारभूत विद्यालय नौखरी खटाइएको छ ।
धर्मजनताकै शिक्षक गोवर्धन घिमिरेलाई कृष्ण आधारभूत विद्यालय रामनगर, कृष्ण माविका शिक्षक बासमति रानालाई जनज्योती आधारभूत विद्यालय जोनापुर, राष्ट्रिय माविका शिक्षक मोहनचन्द्र जोशीलाई बैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुरमा खटाइएको छ ।
सिद्धबैजनाथ माविका शिक्षक दिपकराज भट्टलाई दिपनगर आधारभूत विद्यालय दिपनगर, सरस्वती माविका शिक्षक लक्ष्मी ढकाल धामीलाई बैजनाथ आधारभूत विद्यालय खजुवा तथा कृष्ण माविका गंगादत्त भट्टलाई सिद्धभीम आधारभूत विद्यालय कलुवापुर खटाइएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...