२१ असार, झलारी ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थित एक सामूदायीक वनले उपभोक्तालाई ग्याँस चुलो वितरण गरेको छ । वडा नम्बर ८ पारीफाँटा स्थित भगवती सामुदायीक वन उपभोक्ता समूहले ९० उपभोक्ताहरुलाई खाना पकाउने ग्याँस चुलो वितरण गरेको हो ।
उपभोक्ता समुहका अध्यक्ष केशव धामीले वनमाथिको दाउराको चाप कम गर्नका लागि उपभोक्ताहरुलाई ग्याँस चुलो वितरण गरिएको बताए । अध्यक्ष धामीका अनुसार उनिहरुलाई ५० प्रतिशत अनुदानमा ग्याँस चुलो वितरण गरिएको हो ।