२०८१ असार १९, कञ्चनपुरः
कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी १ लाख १९ हजार ४५०, इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीले अन्दाजी १८ हजार ८५० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ। यस्तै प्रहरी चौकी झिलमिलाले अन्दाजी ३५ हजार ६९० मुल्यको गरेर जम्मा १ लाख ७३ हजार ९९० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।