Mantra
SudharGirha

माघदेखि बिमा गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

AD offer
HLI

असार १६, काठमाण्डौ ।
आगामी माघदेखि बिमा सेवामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । नेपाल बिमा प्राधिकरणले शुक्रबार एक परिपत्र जारी गर्दै यसका लागि आवश्यक तयारी गर्न बिमा कम्पनीलाई निर्देशनसमेत दिएको छ । सोअनुसार १ माघदेखि बिमा गर्ने व्यक्तिले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर पेस गर्नुपर्नेछ ।

mantra Hospital

सरकारले गत १० असारमा राजपत्र प्रकाशन गर्दै जिल्ला र सेवाअनुसार १ साउन र १ माघदेखि गरी दुई चरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यसमा बैंकिङ तथा वित्तीय सेवा प्रवाहमा भने माघबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।

Mantra

त्यसकै आधारमा प्राधिकरणले बिमा कम्पनीलाई आवश्यक तयारी गर्न निर्देशन दिएको हो । यो नेपाली नागरिकको हकमा मात्रै लागू हुनेछ । तर, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त, असहाय र ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्र नभए तापनि तोकिएका सेवा लिन बाधा हुनेछैन । त्यसअनुसार उनीहरूलाई बिमा गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछैन ।

माघदेखि जारी हुने नयाँ बिमालेखसँगै बिमालेखको नवीकरण, ऋण, समर्पण, दाबी भुक्तानीलगायत सबै प्रकारका बिमा कारोबार राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । बिमा मध्यस्तकर्ताको दर्ता–नवीकरणका साथै सेवा–सुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य हुने परिपत्रमा उल्लेख हुनेछ । बिमा कम्पनीले नेपाली नागरिकताको प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र स्वीकार गर्नुपर्ने प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताए ।

Accounting
11 no oda
AD offer
Loading...