Mantra
Mayametro Hospital

काँग्रेसले गर्‍यो रातो किताबः उच्चस्तरीय छानबिन समिति गठनको माग

AD offer
JK

असार, १४, धनगढीः
सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका रातो किताब बिचौलिया मार्फत सार्वजनिक भएको भन्दै नेपाली काँग्रेस संसदीय दलले उच्चस्तरीय छानबिन गठन हुनुपर्ने माग गरेको छ। शुक्रवार बसेको संसदीय दलको बैठकले सरकारको वेबसाइट तथा प्रदेश सभा सदस्यलाई उपलब्ध नहुँदै रातो किताबको डिजिटल कपि अनधिकृत रूपमा सार्वजनिक हुनु सरकारको गम्भीर लापरबाही रहेको ठहर गरेको छ।

mantra Hospital

 

Mantra

नेपाली काँग्रेस संसदीय दलले विज्ञप्ति जारी गर्दै सरकारको लापरबाहीका कारण रातो किताब बिचौलिया मार्फत सार्वजनिक भएको ठहर गरेको छ। विज्ञप्तिमा रातो किताब जस्तो अति गोपनीय र संवेदनशील दस्तावेज अनधिकृत रुपमा सार्वजनिक हुँदा समेत सरकारले मौनता साधेकोमा आश्चर्य प्रकट गरिएको छ।

नेपाली काँग्रेसले रातो किताब सार्वजनिक भएको विषयमा सत्य तथ्य पत्ता लगाउन प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। यस्तै, यसबारे सरकारको आधिकारिक धारणाको समेत काँग्रेसले माग गरेको छ। संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीले हस्ताक्षर गरेको विज्ञप्तिमा छानबिन समिति गठन नगर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...