Mantra
Mayametro Hospital

बैतडीमा वडाध्यक्षले कर्मचारी कुटे

AD offer
JK

बैतडी, असार, १४
बैतडीको मेलौली नगरपालिकामा एकजना वडाध्यक्षमाथि बिहीवार कर्मचारी कुटपिट गरेको आरोप लागेको छ ।

मेलौली–९ का वडाध्यक्ष लोकराज भट्टले नगरपालिकाका जिन्सी शाखामा कार्यरत चक्रमणि जोशीलाई कुटपिट गरेको आरोप लागेको हो ।

Mantra

प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दको कार्यकक्षमा उक्त घटना भएको हो । नगरपालिकाले वडा कार्यालय सञ्चालन तथा मसलन्द खर्च भनेर छुट्याएको ५० हजार रकम भुक्तानीका लागि बिलसहित वडाध्यक्ष भट्टले कार्यालय प्रमुखसमक्ष पेश गरेका थिए ।

mantra Hospital

उक्त रकम जिन्सी शाखाले वडा कार्यालयको सिफारिशबिनै सामान खरिद गरेर खर्च गरेको खुल्न आएपछि प्रमुख प्रशासकीय अधिकृत चन्दले खर्च रकमबारे जिन्सी शाखाका कर्मचारी जोशीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गर्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

तर बिहीवार कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वडाध्यक्ष भट्टले कार्यालय प्रमुखकै कार्यकक्षमा घाँटी अँठ्याई कुटपिट गरेको आरोप लगाएका छन् । कार्यालय कामकाजको शिलशिलामा कार्यालय प्रमुखसँग छलफल गरिरहेको वेला कुटपिट भएको जनाइएको छ ।

कर्मचारीहरुले घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कारबाहीको माग गरेका छन् । कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको समेत विज्ञप्तिमार्फत जानकारी गराइएको छ । कुटपिटको आरोप लागेका वडाध्यक्ष भट्टले घटनाको खण्डन गरेका छन् ।

वडाले कार्यालय प्रयोजनका लागि छुट्याएको ५० हजार बजेट वडाको सिफारिशबिनै खर्च भईसक्यो, म सिलिङ देखाउँछु भन्ने कुरा आएपछि विवाद भएको उनले बताएका छन् । वडाले शीर्षक बनाई छुट्याएको रकम वडाको सिफारिश बिना कसरी खर्च भयो भनेर सोध्ने क्रममा आफैँ आक्रोशित भएको वडाध्यक्ष भट्टको भनाई रहेको छ ।

यद्यपि हातपात चाहीँ नभएको उनको दावी छ । प्रमुख प्रशासकीय अधिकृत चन्दले भने घटनाबारे केही पनि बोल्न चाहेनन् ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...