Mantra
Mayametro Hospital

सुदूरपश्चिममा चार जिपिए ल्याउने विद्यार्थी चारजना मात्रै 

AD offer
JK

कञ्चनपुरअसार १४,

सुदूरपश्चिमका चारजना विद्यार्थीले मात्रै चार जिपिए ल्याएका छन्। ०८० मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसइई मा सहभागी सुदूरका चारजना विद्यार्थीले मात्रै चार जिपिए ल्याएका हुन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको छ ।

Mantra
mantra Hospital

सुदूरपश्चिम शिक्षा निर्देशनालय दिपायल डोटीको तथ्यांकअनुसार चारजना विद्यार्थीले मात्रै सर्वाधिक ग्रेट प्वाइन्ट एभरेज जिपिए ल्याएका छन् । सुदूरमा ५५ हजार १० विद्यार्थीमध्ये चार विद्यार्थीले मात्रै चार जिपिए ल्याएका हुन् ।

चार जिपिए ल्याउनेमध्ये चारैजना कैलालीका रहेका छन् । बाँकी जिल्लाका कुनै पनि विद्यार्थीले चार जिपिए ल्याउन सकेका छैनन् । एक सामुदायिक विद्यालयका विद्यार्थी र तीन निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याएको निर्देशनालयको तथ्यांकमा  जनाएको छ । कैलाली अत्तरियाको दुर्गालक्ष्मी माविकी छात्रा नीतिका अवस्थीले चार जिपिए ल्याएकी छिन् ।

गोदावरीको तेहरी, सत्यवादी एकेडेमी र टीकापुर वीरेन्द्र मन्दिरका विद्यार्थीले मात्रै चार जिपिए ल्याए। शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्यांकअनुसार ३३ हजार सात सय ४४ विद्यार्थीले एनजी अर्थात् ननग्रेड ल्याएका छन् । शिक्षा विकास निर्देशनालय दिपायल डोटीका निर्देशक दुर्गादत्त विष्टले बझाङको हालसम्म विवरण प्राप्त नभएको बताए ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...