Mantra
Mantra offer

धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते

AD offer
JK

असार, १४, धनगढीः

mantra Hospital

धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। धनगढी उपमहानगरपालिका(४ मा रहेको आर्मी ब्यारेक अगाडी छ लेन सडकमा मोटरसाईकलले आज पैदल यात्रीलाई ठक्कर दिएको हो।

Mantra

धनगढीदेखि अत्तरिया तर्फ जाँदै गरेको धनगढीका २३ वर्षीय प्रवेश रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ६१९६ नम्बरको मोटरसाईकलले पैदल यात्री डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका(८ का ३९ वर्षीय विकास गुरुङलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाईकलको ठक्करबाट पैदल यात्री र चालक दूबै जना घाइते भएका छन्। उनीहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...