Mantra
Mayametro Hospital

अछाममा करेन्ट लागेर बालकको मृत्यु

AD offer
JK

अछाम

अछाममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिकामा मङ्गलवार दिउँसो एक बालकको ज्यान गएको हो।

Mantra
mantra Hospital

तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको ज्यान गएको छ। करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको हो।

मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ।

बिमलसँगै गएका झंकर भने सकुशल रहेका छन। मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...