Mantra
Mayametro Hospital

द्वन्द्वग्रस्त इजरायलमा कामदार पठाउन विज्ञापन, मासिक तलब २ लाख

AD offer
JK

११ असार, काठमाडौ‌ं । 

द्वन्द्वग्रस्त राष्ट्र इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो ।

Mantra

विभागले ८ सय जनाको आवेदन माग गरे पनि ५ सय जनालाई मुख्य उम्मेदवार र बाँकी ३ सय जनालाई वैकल्पिक उम्मेदवार बनाउने गरी सूचना आह्वान गरेको छ । जसमा ६० प्रतिशत महिला छन् भने ४० प्रतिशत पुरुषका लागि कोटा छुट्याइएको जनाएको छ ।

उनीहरुका लागि मासिक ५ हजार ८८० सेकेल (इजरायली मुद्रा) न्यूनतम तलब तोकिएको छ । यो नेपाली २ लाख १० हजार रुपैयाँभन्दा बढी हुन आउँछ । सुरुमा एक वर्ष र बढीमा ५ वर्ष करार अवधि थप्न सकिने विभागले जनाएको छ ।

mantra Hospital

विभागले मंगलबार एक सूचना जारी गरी २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन जानकारी दिएको हो । केयर गिभरका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला पुरुष खोजेको छ ।

कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी ३ महिनाको तालिम लिएको हुनुपर्ने योग्यता तोकेको छ ।

विभागको सूचनाअनुसार इजरायलमा विगतमा काम गरेको वा गरिहरेको व्यक्तिका आफन्त भने अयोग्य हुनेछन् । विभागले बाबु, आमा, पति ,पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको पनि शर्त राखेको छ । छनौट प्रक्रियाका लागि लाग्ने खर्च भने आवेदक आफैंले व्यहोर्नुपर्नेछ ।

इजरायलमा कामदार पठाउन नेपाल सरकार र इजरायलबीच ०७७ असोज १४ गते सम्झौता भएको थियो । जसअनुसार ५ सय जना नेपाली श्रमिक पठाउने गरी बनेको प्रोटोकलमा वैदेशिक रोजगार विभाग र नेपालका लागि इजरायल राजदूतावासबीच ०७७ माघमा हस्ताक्षर गरेका थिए ।

अनलनईन खबर बाट

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...