Mantra
Mantra offer

दार्चुला जिल्लाबाट पहिलो न्यायाधीश जयन्ती अवस्थी

AD offer
JK

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशकोे विकट हिमाली जिल्ला दार्चुलाबाट जयन्ती अवस्थी (भट्ट) पहिलो न्यायाधीश बनेकी छिन । गत बर्ष ०८१ मा जयन्ती दार्चुला जिल्लाबाटै (महिला, पुरुष) पहिलो न्यायाशीश बनेकी हुन । त्यस अघि दार्चुलाबाट कोहीपनि न्यायाधीश बनेको रेकर्ड छैन ।

प्राथमिक शिक्षा दार्चुलामै अध्ययन गरेकी जयन्तीले उच्च शिक्षा कानुन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेपछि सरकारी सेवामा प्रवेस गरेकी थिईन ।
पूर्वाञ्चल विश्वविद्यालयबाट स्नाकोत्तर गरेकी जयन्ती शाखा अधिकृत९सरकारी वकिल० हुँदै उपसचिव भएपछि सर्वोच्च अदालतमा इजलास अधिकृत, उपरजिष्ट्रार जिल्ला आदालतमा श्रेस्तेदारको जिम्मेबारी निर्वाह गरेकी अवस्थी अहिले न्यायाधीशकै जिम्मेबारीमा रहेकी छिन ।

Mantra
mantra Hospital

सर्वोच्च अदालत उपरजिष्ट्रार पदबाट न्यायाधीश बनेकी अवस्थी अहिले चितवन जिल्ला अदालतमा कार्यरत छिन । यस अघि शाखा अधिकृत , उपसचिवको जिम्मेबारीमा हुँदा विभिन्न सरकारी वकिल, अदालतका कुसलतापुर्वक जिम्मेबारी निर्वाह गरिसकेकी थिईन ।

संयोग जयन्तीका श्रीमान खेमराज भट्टपनि काठमाण्डौँ जिल्ला अदालतमा न्यायाधीश छन । सुदूरपश्चिमै श्रीमान श्रीमती न्यायाधीश भएको पहिलो जोडिरहेको छ ।
शिक्षक बाबु माधव प्रशाद अवस्थी र आम स्व तुलसीदेवी अवस्थीकी छोरी जयन्ती दार्चुला जिल्लाबाटै न्याय क्षेत्रको सर्वोच्च पदमा पुगेकी पहिलो न्यायाधीश बनेर ईतिहास राख्न सफल भएकी हुन । मेहनत गरेपछि एक दिन अवश्य सफलता पाईन्छ भन्ने न्यायाधीश अवस्थी उदाहरणीय बनेकी छिन ।

सुदूरपश्चिमबाट केही मात्रै महिला न्यायाधीशको जिम्मेबारी मध्ये जयन्ती पनि एक अब्बल न्यायाघीशकै रुपमा पहिचान बताउँदै आफुलाई पाएको जिम्मेबारी कुसलतापुर्वक निष्पक्ष, स्वच्छ, कानुनको दायरमा रहेर निर्वाह गर्दै आएकी छिन ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...