Mantra
Mantra offer

हक्कीमा आर्मीलाई दोहोरो उपाधि

AD offer
JK

काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुधबार राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।

च्यासल मैदानमा सम्पन्न फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई २–० गोलले पराजित गरेको हो। आर्मीले दोहोरो उपाधि जितेको हो। सोमबार राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकीलाई नै हराउँदै उपाधि जितेको थियो।

Mantra
mantra Hospital

जितसँगै आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो। गण्डकीले भने ५० हजार रुपैयाँमा चित्त बुझायो। समूह चरणको खेलमा पनि आर्मीले गण्डकीलाई ३–० गोलले पराजित थियो।

आर्मीलाई जित दिलाउन राजेन्द्र कार्की र प्रदीप राजवंशीले गोल गरे। राजेन्द्र प्लेयर अफ द म्याच घोषित भए। अर्को विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भयो। पुलिसले २५ हजार रुपैयाँ प्राप्त गर्‍यो। सेमिफाइनलमा आर्मीले पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाएको एपिएफ क्लबलाई ६–० तथा गण्डकीले पुलिसलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए।

आर्मीका देवसिंह धामी प्लेअर अफ द टुर्नामनेन्ट घोषित भए। उच्च गोलकर्ता आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए। दुवैले समान ६ गोल गरेका थिए।

एपिएफका पवन माओ इमर्जिङ प्लेयर,  न्जित राउत उत्कृष्ट डिफेन्डर र गण्डकीका जोशन राई उत्कृष्ट गोलकिपर घोषित भए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...