


धनगढीः कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलवार धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा सुदूरपश्चिम प्रदेश ०१००२ त४०१५ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश ०१०११प८७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालक गोदावरी नगरपालिका–९ बस्ने २४ वर्षीय अजय चौधरीलाई नियन्त्रणमा लिएको छ।
