Mantra
Mantra offer

कञ्चनपुरमा भन्सार छलीको ३ लाख ६२ हजार बराबरको सामान बरामद

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।  भीमदत्त नगरपालिका–११ भुजेला, भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, बेलौरी नगरपालिका–१ फटैया, बेलौरी नगरपालिका–१० दिपाघाट, बेलौरी नगरपालिका–६ भुराकोट र बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ६२ हजार ७९० बराबरको सामान बरामद गरिएको छ।

भन्सार छली गरि ल्याएका चिसो पेय पदार्थ, चिनि, गुड, सुटपिस, चप्पल, जुत्ता, बिजुलीका, हार्डवेयरका सामान, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...