


अत्तरिया – कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो । अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।
उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए । शबको पहिचान हुन सकेको छैन । अहिले शब घटनास्थलमै रहेको छ ।
