Mantra
Mantra offer

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

AD offer
JK

डोटीः डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमवार मध्याह्न साढे १२ बजेतिर बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी ९जम्मा० गर्न लैजाँदै गरेको बा।प्र। ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो।

mantra Hospital

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो।

Mantra

गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रहनुभएका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका–३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिए। ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...