Mantra
Mantra offer

अझै फर्केनन कैलालीको जंगलमा बसेका विदेशी नागरिक

AD offer
JK

कैलाली: कैलालीमा अनुमति बिना वन क्षेत्रमा बसेका विदेशी नागरिक अझै फर्किएका छैनन् । घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बसेका विदेशी नागरिकलाई बिहीबार नै जिल्ला प्रशासन कार्यालय कैलालीले २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिए पनि आधा विदेशी नागरिक अझै जङ्गलमै रहेका छन ।

mantra Hospital

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गत विहीबार उनीहरुलाई भेटेर २४ घण्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए । निर्देशनपछि केही फर्किएका र केही अझै त्यहीँ बसिरहेका प्रजिअ हमालले बताए । ‘अझै करिब ६०–७० जना बाँकी छन्, उनीहरु पनि बिस्तारै फर्किने क्रममा छन्,’ प्र.जि.अ हमालले भने, ‘आज–भोलिमै फर्किन्छन् होला ।’ उनीहरु पर्यटक भिसामा नेपाल आएका थिए । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार त्यहाँ भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका एक सय बढी नागरिकहरु छन् । उनीहरू त्यहाँ अर्धनग्न भएर बस्ने, खानपान, नाचगान गर्ने लगायतका गतिविधि गर्दै आएका छन् ।

Mantra

विदेशी नागरिकहरु जंगल क्षेत्रमा बसेर अस्वाभाविक गतिविधि गर्दै आएको सूचना पाएपछि गत बिहीबार प्रमुख जिल्ला अधिकारी हमाल सहितको टोली जंगलमा पुगेको थियो ।

उनीहरु फर्किन अटेर गरे पनि बसिरहेको स्थानमा जंगल, समुदाय कसैलाई पनि प्रत्यक्ष क्षति नपुर्‍याएको भन्दै स्थानीय प्रशासनले बल प्रयोग नगरेको जनाएको छ । प्रशासनले उनीहरुमाथी निगरानी भने बढाएको जनाएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...