Mantra
Mantra offer

नेशनल लधुबित्त झलारी शाखा द्धारा चन्द्रसुर्य मा. बि मा ग्लोबल मनी विक २०२५  सम्पन्न

AD offer
JK

झलारी : नेशनल लधुबित्त बित्तिय संस्था लिमिटेड झलारी शाखाको आयोजनामा चन्द्रसुर्य माध्यामिक बिद्यालय झलारी अध्ययनरत कक्षा ९ का ४५ जना विधार्थी हरुको साथ Global money week २०२५  सम्पन्न भएको छ ।

mantra Hospital

नेशनल लधुबित्त बित्तिय संस्था लिमिटेड झलारी शाखाले बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development – OECD को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भमा मार्च १७ देखि २३ ९२०८१ चैत ४ देखि १०० सम्म Think before you follow, wise money tomorrow भन्ने नाराका साथ Global Money Week को १३ औं शृङ्खला मनाउन लागिएको हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको छ ।

Mantra

नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजक National Coordinator को भूमिका निर्वाह गर्दै Global Money Week मनाउदै छ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहनेछ । यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी भई Global Money Week २०२५ भव्य रूपमा मनाउनका लागि नेपाल राष्ट बैकको अनुरोधमा सम्पन्न गरेको शाखा प्रमुख श्रीकृष्ण उपाध्यायले जानकारी दिनु भयो ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...