


कञ्चनपुर: कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको दोधारा–नगरपालिका–१ पशुपति टोल शिव मन्दिर नजिकबाट ३.६७० ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बेदकोट नगरपालिका–७ बस्ने २१ वर्षीय प्रभाष शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधरा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
