Mantra
Mayametro Hospital

भोलीदेखी परशुराम धाममा साहित्य महोत्सव हुदै, गृहमन्त्री लेखकले उद्घाटन गर्ने

AD offer
JK

डडेल्धुरा– डडेल्धुराको परशुरामधाममा भोली (बिहिबार) देखी साहित्य महोत्सव आयोजना हुने भएको छ । परशुराम नगरपालिकाले बिहिबार र शुक्रबार दुई दिन परशुराम धाममा साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको हो ।

mantra Hospital

कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने यो महोत्सवको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने बताईएको छ । परशुराम नगरपालिकाका मेयर भरत जोशीले यो महोत्सवले स्थानीय कला, संस्कृति र साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताए ।

Mantra

उनले परशुराम धामको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्न र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार, महोत्सवको सञ्चालन चर्चित टिभी प्रस्तोता समा थापाले गर्नेछिन् । महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...