Mantra
Mayametro Hospital

कञ्चनपुरमा चरेश र खैरो हेरोईनसहित २ जना पक्राउ

AD offer
JK
mantra Hospital

कञ्चनपुरः
कञ्चनपुरमा चरेश र खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका९२ बाणीबाट सोही ठाउँ बस्ने ५६ वर्षीय हरीलाल ऐरलाई उनले संञ्चालन गरेको खुद्रा पसलबाट २९.३५ ग्राम चरेशसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका ११ गड्डाचौकीको होल्डिङ सेन्टर नजिकबाट भीमदत्त नगरपालिका ९२ बस्ने २९ वर्षीय पुरुषोत्तम जोशी २.६३ ग्राम खैरो हेरोईनसहित पक्राउ परेका छन्। जोशीलाई खैरो हेरोईनसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। यी दुुबै जनालाई आइतवार नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...