Mantra
Mayametro Hospital

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि एकाबिहानै आक्रमण, एक जना पक्राउ

AD offer
JK
mantra Hospital

धनगढीः सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ। सोमवार बिहान करीब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले डाक्टरमाथि आक्रमण गर्ने बिरामीका छोरा समेत रहेका कुरुवा २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको जानकारी दिए। रानाले आईसीयूबाट चेकजाँच गरेर फर्किने क्रममा डाक्टरमाथि आक्रमण गरेका थिए। उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा चोट लागेको छ। राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...