

झलारी: शुक्लाफाँटा नगरपालिका–१० को कृष्ण मा. बि झलारीमा आँखा शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयको आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा निःशुल्क एक दिने आँखा शिविर सञ्चालन हुन लागेको हो।

आँखा सम्बन्धि रोगको परीक्षण तथा उपचारका लागि फाल्गुन ७ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मआँखा शिविर सञ्चालन गरिने वडा अध्यक्ष लाल बहादुर ऐरले बताए। ‘शिविरमा आँखा सम्बन्धि रोगहरुको परीक्षण, परामर्श तथा आवश्यक परेमा मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क रुपमा गरिनेछ,’ उनले भने, ‘शिविरमा वडा नं. १० र अन्य वडाका बासिन्दाले पनि सेवा लिन सक्नेछन्।’

मोतिन्दिु, जलविन्दु, आँखामा मासु पलाएको तथा परेलाको आँखाका बिरामीलाई धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिनेछ। शल्यक्रियाका लागि छनौट भएका बिरामीहरुलाई धनगढीसम्म जान एकतर्फी गाडी भाडा समेत उपलब्ध गराइने छ भने बिरामीलाई औषधी र चश्मा समेत निःशुल्क उपलब्ध गराइनेछ।
