


कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला, बेलौरी नगरपालिका–५ मैना र दोधाराचाँदनी नगरपालिका–३ जमुनाघाडीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब २ लाख ३० हजार ८ सय मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।
उक्त मुल्यका भन्सार छलीका प्याज, अचार, बिउबिजन, बिभिन्न किसिमका कपडा, हाडवेयर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।
